logo of cricketingnepal.com

नेपाललाई चौंथो झड्का, आरिफ शेख पनि पेभेलियन तर्फ

Mar 12, 2018 | Cricketingnepal |

विश्वकप छनोट अन्तर्गत हङकङ बिरुद्धको आफ्नो अन्तिम लिग खेलमा नेपालले १५४ रनको लक्ष्य पक्षाएको नेपाललाई चौंथो झड्का लागेको छ । 

नेपालको तर्फबाट पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेख नौ बलमा दुई रन बनाएर आउट भएका हुन् । उनलाई एसान खानले एलबिडब्लुको शिकार बनाएका हुन् ।

यस अघि पछिल्लो तीन खेलमा उत्कृष्ट ब्याटिङ गरेका कप्तान पारस खड्का ११ रन बनाउँदै आउट भएका छन् । १४ बलको सामना गरेका पारसलाई तान्विर अफ्जलले बोल्ड गरेका हुन् ।

नेपालका ओपनरहरु ज्ञानेन्द्र मल्ल र अनिल कुमार शाह क्रमश १२ तथा २६ रन बनाउँदै आउट भए । पछिल्लो चरण खराब फर्मबाट गुज्रिरहेका नेपालका ओपनर ज्ञानेन्दले ३१ बल खेल्दै एजाज खानको बलमा कट एन्ड बोल्ड भए भने अनिल कुमार शाह ३६ लब खेल्दै एजाज खानको नै बलमा आउट भएका हुन् ।

नेपालले हङकङलाई ४८ दशमलब दुई ओभरमा अलआउट पार्दै १५३ रनमा रोके पछि १५४ रनको लक्ष्य पाएको हो ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालको तर्फबाट सन्दिप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने बसन्त रेग्मि र करण केसीले पनि समान दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित नारायण राजवंशीको नाममा पनि एक एक विकेट हात पऱ्यो भने नेपालले इक विकेट रन आउटका रुपमा प्राप्त गऱ्यो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हङकङको तर्फबाट ओपनर निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने नवौं नम्बरमा ब्याटिङ गर्न आएका एशान खानले २५ रनको योगदान दिए । 

आगामी चार वर्षका लागि एकदिवसिय मान्यता पाउने आशालाई जिवित राख्नका लागि नेपालले आजको खेलमा हङकङ जित्नै पर्ने छ । 

आईसिसीका अनुसार तीन उत्कृष्ट टोलीलाई चार वर्षका लागि एकदिवसिय मान्यता दिईनेछ । समुह बी बाट स्कटल्यान्ड र समुह ए बाट युएईले सुपर सिक्समा पुग्ने पक्का पक्कि भइसकेको छ । आजको खेलमा हङकङले जित हात पारेमा नेपालले एकदिवसिय मान्यता पाउने आशा पनि समाप्त हुनेछ । तर यदि नेपालले आजको खेलमा जित हात पारेमा यस प्रतियोगितामा सातौं स्थान हात पार्दै एकदिवसिय मान्यता पाउने सम्भावना कायमै रहन्छ ।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । शरद भेषवाकर आजको खेलमा पनि ह्यामस्ट्रिङका कारण खेल्न नसक्ने भएका छन् ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}