logo of cricketingnepal.com

नेपाललाई हङकङ बिरुद्ध १५४ रनको लक्ष्य

Mar 12, 2018 | Cricketingnepal |

विश्वकप छनोट अन्तर्गत हङकङ बिरुद्धको आफ्नो अन्तिम लिग खेलमा नेपालले १५४ रनको लक्ष्य पाएको छ । नेपालले हङकङलाई ४८ दशमलब दुई ओभरमा अलआउट पार्दै १५३ रनमा रोके पछि १५४ रनको लक्ष्य पाएको हो ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालको तर्फबाट सन्दिप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने बसन्त रेग्मि र करण केसीले पनि समान दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित नारायण राजवंशीको नाममा पनि एक एक विकेट हात पऱ्यो भने नेपालले इक विकेट रन आउटका रुपमा प्राप्त गऱ्यो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हङकङको तर्फबाट ओपनर निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने नवौं नम्बरमा ब्याटिङ गर्न आएका एशान खानले २५ रनको योगदान दिए । 

आगामी चार वर्षका लागि एकदिवसिय मान्यता पाउने आशालाई जिवित राख्नका लागि नेपालले आजको खेलमा हङकङ जित्नै पर्ने छ । 

आईसिसीका अनुसार तीन उत्कृष्ट टोलीलाई चार वर्षका लागि एकदिवसिय मान्यता दिईनेछ । समुह बी बाट स्कटल्यान्ड र समुह ए बाट युएईले सुपर सिक्समा पुग्ने पक्का पक्कि भइसकेको छ । आजको खेलमा हङकङले जित हात पारेमा नेपालले एकदिवसिय मान्यता पाउने आशा पनि समाप्त हुनेछ । तर यदि नेपालले आजको खेलमा जित हात पारेमा यस प्रतियोगितामा सातौं स्थान हात पार्दै एकदिवसिय मान्यता पाउने सम्भावना कायमै रहन्छ ।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । शरद भेषवाकर आजको खेलमा पनि ह्यामस्ट्रिङका कारण खेल्न नसक्ने भएका छन् ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}