logo of cricketingnepal.com

नेपाललाई चौंथो सफलता, सन्दिपले लिए अर्को विकेट

Mar 12, 2018 | Cricketingnepal |

विश्वकप छनोट अन्तर्गत हङकङ बिरुद्धको आफ्नो अन्तिम लिग खेलमा नेपाललाई तेश्रो सफलता मिलेको छ । 

युवा लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो दोश्रो तथा नेपालको लागि चौंथो विकेट लिएका हुन् । उनले एक रन बनाएका शाहिद वासिफलाई एलबिडब्लुको धरापमा पारेका हुन् । यस अघि चौंथो नम्बरमा ब्याटिङ गर्न अएका अन्सुमन रथलाई सन्दिपले नै विकेट किपर अनिल शाहको हातबाट स्टम्पिङ्ग गराएका हुन् । रथ चार बालमा एक रन बनाएर आउट भए ।

यस अघि नेपालका तिब्र गतिका बलर सोमपाल कामीले आक्रमक खेली रहेका बाबर हयातलाई कट एन्ड बोल्ड गरेका छन् । बाबरले १६ बलमा तीन चौका र एक छक्काको मद्धतमा २० रन बनाएर आउट भएका हुन् ।

नेपाललाई पहिलो सफलता भने क्राइसिस म्यान बसन्त रेग्मिले दिलाएका थिए । बसन्तले २१ बलमा नौ रन बनाएका क्रिस्टोफर कार्टरलाई बोल्ड गरेका हुन् । 

आजको खेलमा नेपाल बिरुद्ध हङकङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । 

आगामी चार वर्षका लागि एकदिवसिय मान्यता पाउने आशालाई जिवित राख्नका लागि नेपालले आजको खेलमा हङकङ जित्नै पर्ने दबाबको बिचमा मैदानमा ओर्लदैंछ । 

विश्वकप छनोट अन्तर्गत समुह बी मा रहेको नेपालको सुपर सिक्समा पुग्ने सपाना चकनाचुर भए पछि नेपालको अबको लक्ष्य भनेको चार वर्षका लागि एकदिवसिय मान्यता पाउने बनेको छ । तर त्यसका लागि पनि नेपालले आजको खेलमा जित हात पार्नै पर्ने हुन्छ । 

आईसिसीका अनुसार तीन उत्कृष्ट टोलीलाई चार वर्षका लागि एकदिवसिय मान्यता दिईनेछ । समुह बी बाट स्कटल्यान्ड र समुह ए बाट युएईले सुपर सिक्समा पुग्ने पक्का पक्कि भइसकेको छ । आजको खेलमा हङकङले जित हात पारेमा नेपालले एकदिवसिय मान्यता पाउने आशा पनि समाप्त हुनेछ । तर यदि नेपालले आजको खेलमा जित हात पारेमा यस प्रतियोगितामा सातौं स्थान हात पार्दै एकदिवसिय मान्यता पाउने सम्भावना कायमै रहन्छ ।

पहिलो खेलमा आयोजक जिम्बाब्बे बिरुद्ध ११६ को हार व्यहोरेको नेपालले दोश्रो खेलमा स्कटल्यान्ड बिरुद्ध चार विकेटको हार व्यहोरेको थियो । त्यस्तै नेपालले तेश्रो खेलमा चिर प्रतिद्वन्दि अफगानिस्तानसँग छ विकेटको हार व्यहोरेको थियो ।

नेपालको हङकङ बिरुद्ध पछिल्लो भेट विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत उसकै घरेलु मैदानमा भएको थियो । पहिलो लेगमा नेपालले ८३ रनको हारको सामना गरेको थियो भने दोश्रो लेगको खेल टाइफुनका कारण रद्ध भएको थियो । 

गत महिना नामिबियमा सम्पन्न डिभिजनुमा दोश्रौ स्थान हात पार्दै विश्वकप छनोटमा स्थान बनाएको नेपालको ब्याटिङ चल्न सकेको छैन । नेपालको तर्फबाट कप्तान पारस खड्काले बाहेक अन्य खेलाडीले ब्याटिङमा चमत्कार गर्न सकेका छैनन् । कप्तान पारसले तीन खेलमा १७८ रन बनाएका छन् । उनी पछि नेपालका लागि धेरै रन दुई खेल खेलेका शरद भेषवकारले बनाएका छन् । 

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । शरद भेषवाकर आजको खेलमा पनि ह्यामस्ट्रिङका कारण खेल्न नसक्ने भएका छन् ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}