logo of cricketingnepal.com

नेपाललाई विश्वकप छनोट पुग्न १९५ रनको लक्ष्य

Feb 14, 2018 | Cricketingnepal |

आगामी महिना जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोट पुग्नलाई नेपालले १९५ रनको लक्ष्य पाएको छ ।

विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको पाँचौं तथा अन्तिम खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले १९५ रनको लक्ष्य पाएको हो । 

क्यानडाले ओपनर श्रीमन्थ विजेरत्नेको शतकको मद्धतमा ५० ओभरमा आठ विकेट गुमाएर १९४ रन बनायो । अविजित रहेका विजेरत्नेले १५२ बलमा आठ चौकाको मद्धतमा १०३ रनको पारी खेले । यो विजेरत्नेको लिस्ट ए मा पहिलो शतक हो । 

नेपालको तर्फबाट बसन्त रेग्मिले सर्वाधिक तीन विकेट लिएका थिए भने सन्दिप लामिछानेले दुई तथा करण केसी र शरद भेषवाकरले पनि एक एक विकेट लिए ।

१० ओभर बलिङ गरेका बसन्तले ३४ रन खर्चेका थिए । त्यस्तै आफ्नो पहिलो स्पेलमा पाँच ओभर बलिङ गर्दै सात रन दिएर दुई विकेट निकालेका सन्दिपले पछिल्लो चार ओभरमा ३३ रन खर्चे जसमा तीन छक्का पनि सामेल छ ।

आगामी महिना जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोटमा प्रवेश पाउनका लागि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ । चार खेल खेलेको नेपालको तीन जित र एक हारका साथ छ अंक छ । नेपालले आयोजक नामिबिया, युएई तथा केन्यालाई पराजित गरेको थियो भने ओमान बिरुद्ध हारको सामना गरेको थियो ।

आजको खेलमा नेपालले एउटा परिवर्तन गरेको छ । केन्या बिरुद्धको खेलमा डेब्यु गरेका अनिल कुमार शाहको स्थानमा विकेट किपर ब्याट्सम्यान दिलिप नाथलाई टोलीमा समावेश गरिएको छ ।

नेपालको सुरुवाती ११ – पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, बसन्त रेग्मि, सोमपाल कामी, दिलिप नाथ, करण केसी




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074