logo of cricketingnepal.com

बसन्तले दिलाए आठौं सफलता, लिए ब्यक्तिगत तेश्रो विकेट

Feb 14, 2018 | Cricketingnepal |

नेपालले आईसिसि विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत क्यानडाबिरुद्धको महत्वपूर्ण खेलमा बलिङ्गमार्फत मजबुत पकड जमाएको छ । 


बसन्त रेग्मीले तेश्रो विकेट हात पारेछि क्यानडालै १ सय ६१ रनमा आठ विकेट गुमाएको छ । यद्दपी क्यानडाका लागि ओपनर श्रीमन्था विजेरत्ने अझै क्रिजमा डटेर नेपाली बलरहरुको सामना गरिरहेका छन् । विजेरत्नेले १ सय ३८ बलमा ७ चौकाको मद्दतमा ९० रन बनाइसकेका छन् । 

निखिल दत्ता रन आउट हुनु अघि शरद भेषावकरले आफ्नो छैटौं ओभरमा नेपाललाई सफलता दिलाएका थिए । उनले साद बिन जफरलाई १० रनमा एलबिडब्लु धरापमा पारे । 

९० रनमा चार विकेट झरेपछि क्यानडाले सम्हालिएर खेलेको थियो र उसका लागि विेजेरत्नेले हाम्जा तारिकसंग मिलेर पाचौं विकेटका लागि ४० रनको साझेदारी गरे । ३६ औं ओभरमा बलिङ्ग गर्न आएका तिब्र गतिका बलर करण केसीले तारिकलाई आरिफ शेखको हातबाट क्याच आउट गराए । 

सन्दिप लामिछानेलाई लगातार दुई छक्का प्रहार गरेका तारिकले ३० बलमा २४ रन बनाए । यसअघि सन्दिपले दुई विकेट लिएपछि बसन्तले आफ्नो छैटौं ओभरमा अर्को विकेट हात पारेका थिए । 

उनले नवनित धालिवाललाई विकेट किपर दिलिप नाथको हातबाट स्टम्पिङ्ग गराए । धालीलवालले २६ बलमा ४ रन बनाए । 

सन्दिपले अनुभवी ब्याट्स्म्यिान धानुका पाथिरानालाई एलबिडब्लु धरापमा पारेपछि क्यानडाले तेश्रो विकेट गुमाएको थियँे । सन्दिपले आफ्नो दोश्रो ओभरमै क्यानडाका कप्तान तथा प्रतियोगिताकै दोश्रो सर्वाधिक स्कोरर नितिश कुमारको विकेट हात पारेका थिए । कुमारले ५ रन बनाए । उनको क्याच ज्ञानेन्द्र मल्ले लिएका थिए । 

१० ओभरसम्म आफ्नो विकेट जोगाएर खेलेको क्यानडाको पहिलो विकेट भेटेरान बसन्तले प्रतियोगितामै सर्वाधिक रन बनाएका ओपनर रुविन्दु गुनासेकेराको विकेट लिएका थिए । 

आफ्नो पहिलो ओभर लिएर आएका बसन्तले गुनासेकेरालई रोहित कुमार पौडेलको हातबाट क्याच आउट गराए । गुनासेकेराले २४ बलको सामना गर्दै ९ रन बनाए । 

अंक तालिकामा तेश्रो स्थानमा रहेको नेपालको रनरेट राम्रो छैन भने उसंगै क्यानडा र नामिबियाको ६ अंक रहेको छ । नेपालसंग पहिलो दुई स्थान बनाउन जित बाहेक अरु कुनै बिकल्प छैन ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074