logo of cricketingnepal.com

दाेहाेराे शतक बनाउने राेहितकाे दक्षिण अफ्रिकामा यस्ताे लज्जास्पद रेकर्ड

Jan 14, 2018 | Cricketingnepal |

दक्षिण अफ्रिका विरूद्धकाे पहिलाे टेस्ट गुमाएकाे भारत दाेस्राे टेस्टमा पनि संघर्षरत छ। पहिलाे टेस्टमा माथिल्लाे तहका ब्याट्सम्यानहरू नचल्दा भारत हार्नुपरेकाे थियाे। जारी दाेस्राे टेस्टमा पनि त्यस्तै हालत देखिएकाे छ। 


पछिल्लाे समय एकदिवसीयमा दाेहाेराे शतक प्रहार गर्दै मजबुद ब्याट्सम्यानका रूपमा अघि अाएका भारतका राेहित शर्माले भने दक्षिण अफ्रिकाकाे भुमिमा लज्जास्पद रेकर्ड बनाएका छन्। पहिलाे टेस्टकाे पहिलाे पारीमा ११ रन बनाएका उनले दाेस्राे पारीमा १० रन बनाएका थिए। यस्तै जारी दाेस्राे टेस्टकाे पहिलाे पारीमा पनि उनी १० रनमा नै अाउट भए। उनलार्इ दक्षिण अफ्रिकाका तीव्रगतिका बलर कासिगाे रबाडाले दाेस्राे चाटेी अाउट गरे। 

ब्याटिङ नचलेपनि सिरिजमा उनले एउटा लज्जास्पद रेकर्ड भने अाफ्नाे नाम लेखाएका छन्। अफ्रीकाकाे भुमिका सबैभन्दा कम अाैषतमा रन बनाउने खेलाडीकाे सुचीमा अटाउँदै उनले याे खराब रेकर्ड बनाएका हुन्। दक्षिण अफ्रिकामा उनकाे रन अाैषत ९.२७ मात्रै छ। 

दक्षिण अफ्रिकामा सबैभन्दा कम रन अाैषतमा रन बनाउने खेलाडीकाे सुचीमा राेहित छैटाैं नम्बरमा छन्। तर, स्मरण याेग्य कुरा याे छ भने उनी अघिका कम अाैषतमा रन बनाउने ५ खेलाडीहरू बलर हुन्। अर्थात ६ जना कम अाैषतमा रन बनाउनेकाे सुचीमा राेहित एक्ला ब्याट्सम्यान छन्। 

दक्षिण अफ्रिकामा कम अाैषतमा रन बनाउने खेलाडीहरू यस्ता छन्:-

अाैषत   खेलाडी

५.२९   वेंकटेस प्रसाद

५.४४   ईशांत शर्मा

६.२२   पल हैरिस

७.७८   मखाया नतिनी

८.५०   जवागल श्रीनाथ

९.२७   रोहित शर्मा




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074