logo of cricketingnepal.com

कप्तान बिराट कोहलीकै भरमा भारत

Jan 14, 2018 | Cricketingnepal |

दक्षिण अफ्रिकाबिरुद्धको दोश्रो टेस्टमा भारत कप्तान बिराट कोहलीमा निर्भर परेको छ । 


सेन्चुरियनमा दोश्रो दिनको खेलमा दक्षिण अफिकालाई ३ सय ३५ रनमा रोकेपछि भारतले दिनको खेल सकिदासम्म १ सय ८३ रन बनाएको छ भने उसले ५ विकेट गुमाईसकेको छ । 

पहिलो इनिङ्गसमा १ सय ५२ रनले पछि परेको भारतका लागि कप्तान कोहली ८५ रनमा नटआउट रहेका छन् भने उनलाई हार्दिक पाण्ड्याले ११ रनमा साथ दिइरहेका छन् । 

कोहलीले १ सय ३० बलमा ८ चौका प्रहार गरेका छन् । दक्षिण अफ्रिकाका लागि केशव महाराज, मोर्नि मोर्केल, कागिसो रबाडा र डेब्युटेन्ट लुंगि गिदीले एक–एक विकेट हात पारेका थिए । 

कोहली बाहेक ओपनर मुरलि बिजयले मात्र दक्षिण अफ्रिकी बलिङ्ग आक्रमणको लामो समय सामना गर्ने क्रममा ४६ रन बनाएका थिए । उनले १ सय २६ बल खेल्दै चार चौका प्रहार गरेका थिए । 

यसअघि २ सय ६९ रनमा ६ विकेट गुमाएको स्थितीबाट दिनको शुरुवात गरेको दक्षिण अफ्रिकाले बाकी चार विकेट गुमाउदा मात्र ६६ रन जोड्न सकेको थियो । उसका लागि कप्तान फाफ डु प्लेसिसले ६३ रन बनाएका थिए । 

पहिलो दिन एडेन मारक्रमले ९४ र हसिम आमलाले ८२ रन बनाएका थिए । इशान्त शर्माको बलमा बोल्ड हुनुअघि डु प्लेसिसले १ सय ४२ बलको सामना गर्दै ९ चौका प्रहार गरेका थिए । 

भारतका लागि रविचन्द्रन अश्विनले चार तथा इशान्त शर्माले तीन विकेट हात पारे । तीन टेस्टको श्रंखलामा भारत १–० ले पछि परेको छ ।  



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074