logo of cricketingnepal.com

क्या भाग्य! छक्का हानेको बल समात्दा बने लखपति

Jan 14, 2018 | Cricketingnepal |

न्यूजिल्याण्ड र पाकिस्तानबीच शनिबार भएकाे तेस्राे एकदिवसीय खेलका दाैरान एक दर्शकले छक्का हानेकाे बल क्याच गर्दा ५० हजार न्यूजिल्याण्ड डलर हात पारे। 


शनिबार न्युजिल्यान्डको दुनेदिनस्थित क्रिकेट मैदानमा न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिलले माेहमद अामिरकाे चाैथाे बल बललाई स्क्वायर लेगमा फ्लिक गर्दै छक्का प्रहार गरेका थिए। उक्त बल दर्शकदीर्घामा रहेका एक समर्थकले आफ्नो एक हातले क्याच गरे। 

न्युजिल्यान्डमा छक्का प्रहार गरेको बललाई एक हातले क्याच गरेमा ५० हजार न्युजिल्यान्ड डलर पुरस्कार दिने चलन रहेको छ। सोही नियमअनुसार ती समर्थकले पनि ५० हजार न्युजिल्यान्ड डलर पाएका थिए। ५० हजार न्यूजिल्याण्ड डलरकाे ३७ लाख ७१ हजार नेपाली रूपैया हुने गर्छ। 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074