logo of cricketingnepal.com

तेस्रो हारसँगै नेपालको सेमिफाइनल यात्रा समाप्त

Jan 13, 2018 | Cricketingnepal |

लगातार तेस्रो हारसँगै नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटको नकआउट चरणमा पुग्ने नेपालको सम्भावना सकिएको छ । शनिबार दुबईको अजमानमा भएको खेलमा नेपालले श्रीलंकासँग ३ सय ४० रनको फराकिलो हार व्यहो¥यो । अजमानको ओभल क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १५० रनमै समेटिएपछि लज्जास्पद हारको सामना ग¥यो । 


नेपालले पहिलो विकेटका लागि ५३ साझेदारी गरे पनि लगातार विकेट गुमाएपछि सस्तैमा समेटियो । सुनील थापामगर र रमेश बानियाँले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाएपनि थप १०० रन जोड्दा नेपालले १० विकेट नै गुमायो । 

आपसी तालमेल गुमाउँदा नेपालका ६ खेलाडी रनआउटको शिकार भए । नेपालका लागि बद्री चौलागाईले सर्वाधिक ३७ रनको योगदान दिए । उनले ४७ बलमा ३ चौका प्रहार गरे । ओपनर सुनीलले रनआउट हुनुअघि २५ रन बनाए । अर्का ओपनर रमेश पनि २२ रनमा रनआउट भए । राम्रो लयमा देखिएका खिमानन्द गैर १३ रनमा रनआउट भए । नियमित कप्तान किर्तन श्रेष्ठ घाइते भएपछि नेपालको नेतृत्व पदम बडेलाले लिएका थिए । 

पदमले एक चौकाको मद्दतले ११ रनको योगदान दिए । श्रीलंकाको बलिङमा दिमुथु रविन्द्रा, चन्दना देशप्रिया, दामिथ सान्दरुवान र दिनेश माथुगमाले समान १–१ विकेट लिए । लंकन फिल्डरले उत्कृष्ट फिल्डङ गर्दै नेपाली ब्याट्सम्यान रन बटुल्नबाट रोकेका थिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरा ओभर नै खेल्दै ४ सय ८४ रनको विशाल स्कोर खडा ग¥यो । यद्यपि, ढिलो ओभर बलिङ फ्याकेपछि नेपालमाथि १२ रनको पेनाल्टी थपिएको थियो । 

श्रीलंकाका लागि दिमुथु रविन्द्राले १ सय ८ रन तथा चन्दना देशप्रियाले १ सय २९ रनको अविजित शतकीय पारी खेले । प्रियन्था कुमाराले ६९ रन र केए सिल्भाले ३२ रन जोड्दै लंकन पारी उकासे । नेपालका बलरले अतिरिक्त ५३ रन दिएपछि श्रीलंकालाई ठुलो स्कोर खडा गर्न मद्दत मिलेको थियो । नेपालको बलिङमा सबै बलर महंगा साबित भए । नेपालका लागि दुर्गादत्त पौडल र सुर्य भट्टराईले समान १ विकेट लिए । नेपालका सबै बलरले १० रनरेट भन्दामाथि खर्चिए ।

 नेपालको हारसँगै सेमिफाइनल राउन्डमा पुग्ने ३ राष्ट्रको टुंगो लागेको छ । भारतले ३ जित तथा पाकिस्तान, श्रीलंका र बंगलादेशले समान २ जित निकालि सकेको छ । नेपालले आइतबार साकिकको विजेता भारतसँग खेल्नेछ । विश्वकपमा अपराजित भारतले शनिबार बंगालदेशमाथि १० विकेटको जित निकालेको थियो ।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074