logo of cricketingnepal.com

डिभिजन टु का लागि क्यानडाले अनुभवी चिमा र पुर्व कप्तान हन्सरालाई हटायो

Jan 13, 2018 | Cricketingnepal |

नामिबियामा फेब्रुवरीमा हुन गइरहेको आईसिसि वल्र्ड क्रिकेट लिग डिभिजन टु का लागि क्यानडाले आफ्नो टोलीबाट अनुभवि खेलाडी तथा पुर्व कप्तान जिम्मी हन्सरासंगै अर्का सिनियर खेलाडी रिजवान चिमालाई हटाएको छ । 


दुवै खेलाडी लामो समयदेखि क्यानडाको लागि खेल्दै आएका थिए भने पछिल्लो पटक युगाण्डामा भएको डिभिजन थ्रीमा सहभागिता जनाएका थिए । डिभिजन थ्रिमा ३९ बर्षिय चिमा १ सय ८१ रनसहित सर्वाधिक स्कोर बनाउने खेलाडी मध्ये प्रतियोगिताकै चौथो स्थानमा रहेका थिए । यस्तै ३२ बर्षिय हन्सराले डिभिजन थ्रिमा खासै राम्रो प्रदर्शन गरेका थिएनन् । 

नामिबियामा क्यानडाको कप्तानी २३ बर्षिय नितिश कुमारले गर्नेछन् । घोषणा गरिएको क्यानडाको टोलीमा अर्का भेटेरान खेलाडी धनुका पाथिराना पनि रहेका छन् । ३५ बर्षिय पाथिराना डिभिजन थ्रिमा सर्वाधिक रन बनाउने खेलाडीहरुको सुचिमा दोश्रो नम्बरमा रहेका थिए । उनले प्रतियोगितामा २ सय ८ रन बनाएका थिए । 

डिभिजन थ्रिमा क्यानडाकै ओपनर भविन्दु अदिहेट्टी रहेका थिए । उनले २ सय २२ रन बनाएका थिए । अदिहेट्टी यसअघि नेपालबिरुद्ध नामिबियामै दुई बर्ष अघि भएको डिभिजन टु मा खेलेका थिएनन् । अन्य सदस्यहरुमा निकोलस क्रिटोन, डिलन हेलाइजर, जुनेद सिद्दिकी, साद जफर, नभनित धालिवाल, रुभिन्दु गुनासाकेरा, श्रीमन्त विजयेरत्ने, निखिल दत्ता, हाम्जा तारिक, सेसिल पर्वेज र सत्सिम्रन्जित ढिन्ड्सा रहेका छन् ।

युगाण्डामा सम्पन्न डिभिजन थ्रिमा क्यानडा दोश्रो स्थानमा रहेको थियो भने ओमान पहिलो स्थानमा । नेपाल सहित निकै नै महत्वपूर्ण मानिएको डिभिजन टुमा युएई, केन्या र नामिबिया पनि रहेका छन् । पछाडीका चारै टोली वल्र्ड क्रिकेट लिग च्याम्पियनशीपमा पुछारको चार स्थानमा रहेपछि रेलिगेट भएका थिए । 

डिभिजन टुको पहिलो दुई स्थानमा रहने टोली जिम्बाब्वेमा हुने आईसिसि वल्र्ड कप क्वालिफायर्सका लागि छनोट हुनेछन् । १० टिमको सहभागिता रहने उक्त प्रतियोगिताबाट पहिलो दुई स्थानमा रहने टोली सन् २०१९ को वल्र्ड कपमा प्रवेश गर्नेछ ।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074