logo of cricketingnepal.com

पाकिस्तानको अर्को लज्जासपद हार, ७४ रनमा अल आउट

Jan 13, 2018 | Cricketingnepal |

पाकिस्तान न्युजिल्याण्डबिरुद्धको तेश्रो एकदिवसीय खेलमा ७४ रनमै समेटिएको छ । १ सय ८३ रनको फराकिलो अन्तरले पराजित भएपछि पाकिस्तानले ५ म्याचको श्रंखला दुई खेल अघि छदै गुमाएको छ । 


श्रंखलामा पहिलो एकदिवसीयदेखि नै सशक्त प्रदर्शन गर्दै आएको न्युजिल्याण्डले डुनेडिनमा टस जितेर कप्तान केन विलियम्सन र रोस टेलरको अद्र्धशतकको मद्दतमा २ सय ५७ रन बनायो । 

जवाफमा पाकिस्तान २७ दशमलव २ ओभरमा आफ्नो एकदिवसी इतिहासकै तेश्रो कम योगफलमा सिमित भयो । पाकिस्तानी इनिङ्गसलाई धराशायी गर्ने क्रममा तिब्र गतिका बलर ट्रेन्ट बाउल्टले ७ दशमलव २ ओभरमा १७ रन खर्चदै पांच विकेट हात पारे । 

यस्तै कोलिन मुन्रो र लकि फर्गुसनले दुई दुई विकेट हात पारे ।

एक समय ३२ रनमै ८ विकेट गुमाएको पाकिस्तान एकदिवसीय इतिहासकै कम योगफलमा समेटिने खतरामा रहेको थियो । तर कप्तान सरफराज अहमदले ९ वौं विकेटका लागि मोहम्मद आमिर र १० औं विकेटका लागि रुमान रइससंग साझेदारी गर्दै टिमलाई केही राहत दिएका थिए । 

रइसले १६ र आमिरले १४ रन बनाए । दुवैले समान तीन चौका प्रहार गरे । अहमद १४ रनमा अविजित रहे । 

एकदिवसीय क्रिकेटमा सर्वाधिक कम योगफल जिम्बावेको रहेको छ । उसलाई श्रीलंकाले सन् २०१४ मा ३५ रनमै समेटेको थियो । पाकिस्तानलाई वेष्ट इण्डिजले सन् १९९३ मा ४३ रनमा समेटेको थियो । यसबाहेक उसको कम योगफल ७१ र ७४ रहेको छ । 

शनिबार न्युजिल्याण्डका लागि विलियम्सनले दोश्रो विकेटका लागि मार्टिन गुप्टिलसंग ६९ रनको साझेदारी गरेका थिए भने तेश्रो विकेटका लागि टेलरसंग ७४ रन जोडेका थिए । 

गुप्टिलले ६२ बलमा चार चौका र एक छक्का प्रहार गरे । रइसको बलमा आउट हुनु अघि विलियम्सनले १०१ बलमा सात चौकाको मद्दतमा ७३ रन बनाए । टेलरले त्यसपछि टम लाथमसंग ५१ रनको साझेदारी गर्दै न्युजिल्याण्डलाई सम्हालेका थिए । 

टेलरले ६४ बलमा चार चौका प्रहार गर्दै ५२ रन बनाए भने लाथम ३५ बलमा ३५ रन बनाउदै आउट भए । उनले तीन चौका प्रहार गरे । पाकिस्तानका लागि रइस र हसन अलिले तीन तीन विकेट हात पारे ।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074