logo of cricketingnepal.com

अाइपिएलमा काठमाण्डौ र नेपालगञ्जकाे विजयी सुरूवात

Jan 12, 2018 | Cricketingnepal |

इटहरीमा शुक्रबारबाट सुरू भएकाे दोश्रो इटहरी प्रिमियर लिग(आईपिएल) अण्डर १९ क्रिकेट प्रतियोगितामा काठमाण्डौ र नेपालगञ्जले बिजयी सुरुवात गरेका छन। इटहरी क्रिकेट एकेडेमीको आयोजनामा  सुरू भएकाे प्रतियाेगिताकाे उद्धघाटन खेलमा काठमाण्डौले बिराटनगरलाई ७ रनले तथा नेपालगञ्जले भैरहवालार्इ २२ रनले पराजित गर्याे। 


इटहरीस्थित डिभिएम स्कूलको मैदानमा भएकाे पहिलाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले निर्धारित १५ ओभरको खेलमा १४.५ ओभरमा सवै विकेट गुमाएर ८४ रन बनाएको थियो। काठमाण्डौका लागी म्यान अफ द म्याच अरुण ऐरीले २३, अभ्यास थापाले १३ रन जाेडे। 

बलिङ तर्फ बिराटनगरका लागी मिनस थापाले ३ विकेट तथा अनिल यादव, बिवेक यादव, दिपेश कंडेल र फिर्दोस अन्सारीले एक–एक विकेट लिए। 

जवाफी ब्याटिङमा ८५ रनको विजयी लक्ष्य पछ्याएकाे बिराटनगर निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै ७७ रनमा समेटियाे। बिराटनगरका लव कामतले सर्वाधिक २२ रन, अंकित सुबेदीले २१ रन र मिनश थापाले १२ रन जोडे। बलिङ तर्फ काठमाण्डौका पवन कार्कीले २ तथा अरुण ऐरी र प्रतिश जीसीले एक–एक विकेट लिए।

यस्तै शुक्रबार नै भएको दोश्रो खेलमा नेपालगञ्जले भैरहवालाई २२ रनले पराजित गर्याे। टस जितेर पहिले ब्याटिङ गरेको नेपालगञ्जले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर ८३ रन बनायाे। नेपालगञ्जका लागी बिनायक गिरीले सर्वाधिक ३२, लवकुशले १४ रन जोडे। बलिङ तर्फ भैरहवाका तुलबहादुर थापा र बिकर्ण बस्नेतले दुइ–दुइ विकेट लिए।

८४ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्यटिङमा उत्रिएको भैरहवा १५ दशमलव १ ओभरमा ६२ रन जाेड्दै अलआउट भयाे। भैरहवाका लागी सिजन मकाजुले १० रन बाहेक अन्यले दाेहाेराे अंक जाेड्न सकेनन। सो खेलको म्यान अफ द म्याच नेपालगञ्जका लवकुश यादव घोषित भ।

यस्तै प्रतियाेगिताकाे पहिलाे खेलमा शनिबार आयोजक इटहरी क्रिकेट एकेडेमी र नेपालगञ्ज तथा दोश्रो खेल बिराटनगर र धनगढी बीच हुने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले जानकारी दिए। माघ २ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, काठमाण्डौ, विराटनगर, नेपालगञ्ज, भैरहवा र धनगढी क्रिकेट टोलीको सहभागता रहेको छ।

प्रतियोगिताकाे विजेताले १ लाख तथा उपविजेताले ५० हजार हात पार्नेछन भने सर्वोत्कृष्ट खेलाडीले ५ हजार नगद जित्नेछन्। यस्तै खेलमा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले क्रमश : ५–५ हजार नगद प्राप्त गर्ने अायाेजकले जनाएकाे छ। 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074