logo of cricketingnepal.com

दुबई पुग्यो नेत्रहिन टोली

Jan 12, 2018 | Cricketingnepal |
पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेल्न नेपाली टोली दुबई पुगेको छ। दुबई पुगेको नेपाली टोलीलाई त्यहाँ रहेका नेपालीहरुले स्वागत गरेका छन्। 


जारी विश्व कप पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना भइरहेको छ। नेपालले पाकिस्तानमा दुई खेल खेल्दै दुबईको यात्रा तय गरेको हो। 

पाकिस्तानमा भएका दुबै खेलमा पराजित नेपालले शनिबार श्रीलंकासँग दुबईको अजमानस्थित अजमान ओभल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा गर्दैछ। यस्तै १४ जनवरीमा नेपालले अजमानकै इडन गार्डेनमा डिफेन्डिङ च्याम्पियन भारत र १५ जनवरीमा अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा अस्ट्रेलियाको चुनौती सामना गर्नेछ। 

यसअघि नेपाल पाकिस्तानसँग ९ विकेटले र दोस्रो खेलमा बंगलादेशसँग ४ विकेटले पराजित भएको थियो। 

दुबईमा पुगेको नेपाली टोलीलाई एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोट्र्स क्लबको आयोजनामा भएको कार्यक्रममा स्वागत गरिएको थियो।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074