logo of cricketingnepal.com

चिन्नुहाेस लगातार २१ ओभर मेडन फाल्ने बलर, जसको रेकर्ड ५३ वर्षदेखि कसैले ताेड्न सकेकाे छैन

Jan 12, 2018 | Cricketingnepal |

बापु नाडकर्णी भारतका एक यस्ता स्पिनर हुन जसको रेकर्ड ५३ वर्ष वित्दा पनि कसैले तोड्न सकेको छैन। टेस्ट क्रिकेटमा लगातार २१ ओभर नाडकर्णीले मेडन फालेका थिए। 


लेफ्ट आर्म स्पिनर बापू नाडकर्णीको सटिक लाइन तथा लेन्थका कारण यो सम्भव भएको थियो। उनले भारतका लागि ४१ टेस्ट म्याच खेलेका छन्। 

१९६४मा चेन्नाइमा इंग्ल्याण्ड विरुद्ध भारतले खेलेको एक टेस्टमा उनले लगातार २१ ओभर मेडन फालेर कीर्तिमान कायम गरेका थिए। उनले २१.५ ओभर अर्थात १३१ बल मेडन फालेका थिए। 

इंग्ल्याण्डको पहिलो पारीमा उनले ३२ ओभर बलिङ गरेका थिए। जसमा २७ ओभर मेडन थिए। बाँकी ओभरमा पनि उनले ५ रन मात्रै खर्चेका थिए। 

५० भन्दा ढी विकेट लिएका उनको इकोनोमी रेट १.६७ को मात्रै छ। ४१ टेस्टमा उनले १२३ विकेट लिएका छन्।  




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074