logo of cricketingnepal.com

सन्दिप वर्षका युवा खेलाडी

May 17, 2018 | CN Staff |
नेपाली राष्ट्रिय क्रिकेट युवा लेग स्पिनर सन्दिप लामिछानेले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको वर्षका उत्कृट युवा खेलाडीको पुरस्कारबाट पुरस्कृत भएका छन् ।
सन्दिपले यस उपाधिका लागि नेपाल यु१९ का कप्तान दिपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पारेका हुन् । 
नेपाली क्रिकेट टोलीका महत्वपुर्ण सदस्य सन्दिप नेपालको लागि सर्वाधिक विकेट लिन सफल भए । जस मध्य उनले राष्ट्रिय टोलीबाट ३५ र युवा टोलीबाट ४९ गरेर कुल ८४ विकेट आफ्नो नाममा दर्ता गराए ।
सन्दिपले सिंगापुरमा आयोजना भएको यु१९ विश्वकप छनोटमा कुल २४ विकेट लिए । सन्दिपले कुनै पनि उमेर समुह वा सिनियर टोलीबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने किर्तिमान पनि बनाए । 
गत वर्ष एक पछि अर्को उत्कृष्ट प्रदर्शन गरेका सन्दिप नामिबियामा आयोजना भएको विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालको लागि १७ विकेट लिँदै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी हुन सफल भए । त्यस्तै सन्दिपले जिम्बाब्बेमा आयोजना भएको विश्वकप छनोटमा विश्वकप छनोटमा केन्या बिरुद्ध २० रन खर्चिएर पाँच विकेट लिँदै लिस्ट ए मा नेपालको लागि उत्कृष्ट बलिङको किर्तिमान पनि राख्न सफल भए ।
त्यती मात्र हैन सन्दिपले इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेट खेलाडी पनि बन्न सफल भए ।

वर्षको उत्कृष्ट युवा खेलाडीमा मनोनयनमा परेका खेलाडीहरु

सन्दीप लामिछाने, क्रिकेट
–नेपाली क्रिकेट टिमका लागि एक बर्षमा सर्बाधिक विकेट लिने खेलाडी । राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट । कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमान
–आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्बोत्कृष्ट खेलाडी घोषित
–विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान
–इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर

दीपेन्द्रसिंह ऐरी, क्रिकेट
–नेपाली टिम एसीसी यू १९ एसिया कपको सेमिफाइनलमा पहिलोपल्ट पुग्दाका कप्तान
–नेपाललाई एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध जित दिलाउन उत्कृष्ट प्रदर्शन । ८८ रन जोड्दै ४ विकेट लिएर म्यान अफ द म्याच । कुनैपनि स्तरमा नेपालले भारतमाथि पहिलो जित हासिल गरेको
–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको उपाधि दिलाउन सफल
–आइसीसी विश्वकप छनोटमा १ अर्धशतकसहित १४३ रन बनाएको
–विश्वकप छनोटमा वान डे इन्टरनेसनल मान्यता पाउन जित्नैपर्ने खेलमा पपुवा न्यु गिनीविरुद्ध ४ विकेट लिनुका साथै अर्धशतक बनाएर म्यान अफ द म्याच भएका

दिनेश हेम्जन, फुटबल
–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका फरवार्ड । निर्णायक खेलमा भारतमाथि २–० को जित हात पार्दा दुवै गोल गरेको
–त्रिभुवन आर्मी क्लबले घरेलु फुटबलमा ६ उपाधि जित्दा टिमका सदस्य
–कांकडभिट्टा गोल्डकपमा सर्बाधिक ३ गोल
–सिमरा गोल्डकपमा सर्बाधिक ३ गोल । उत्कृष्ट फरवार्ड

मनिता श्रेष्ठ प्रधान, जुडो
–११ औं एसियन जुनियर जुडो च्याम्पियनसिपमा ५७ कुेजीमुनि स्पर्धामा कांस्य पदक । 
–बीकेएसपी कप जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक
–एसियन जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी
–अम्बिका क्षत्री स्मृति च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी

पुनम रावल, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा ६४ केजीमुनि स्पर्धामा कांस्य पदक । 
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक
–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक
–एसियाली खेलकुदको छनोटमा पहिलो
–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा सहभागि
 व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–सूर्य नेपाल गल्फ टुरका ३ प्रतियोगितामा विजेता


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}