logo of cricketingnepal.com

टमाटा र दास वर्षको प्रशिक्षकको मनोनयनमा

May 14, 2018 | CN Staff |
नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपुर्ण भुमिका खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र नेपाली युवा टोलीलाई यु१९ एसिया कपमा भारतलाई पराजित गर्दै सेमिफाइल सम्मको यात्रा तय गर्न रणनिती बनाउने प्रशिक्षक बिनोद दास नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको प्रशिक्षक विधाको मनोनयनमा पर्न सफल भएका छन् ।

जेठ तीन गते आयोजना हुने अवार्डको यस विधामा टमाटा र दास बाहेक फुटबलका क्षिरिङ्ग लोप्सान गुरुङ, बक्सिङका प्रकाश थापा मगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ रहेका छन् । 

जगत टमाटा 
२०७४ सालमा टमाटा नेपाली क्रिकेट इतिहासको हालसम्मकै सफल प्रशिक्षक बन्न सफल भए । टमाटाकै प्रशिक्षकत्वमा नेपाल अन्तर्राष्ट्रि एकदिवसीय राष्ट्र बन्न सफल भयो । 

टमाटा प्रशिक्षक रहदा नेपाल डिभिजन टुको उपबिजेता बन्यो भने बिश्वकप छनोटमा ८ औं स्थान हात पार्न सफल भयो ।  नेपाली टोलीका लागि एक बर्षमा उनको नाममा ६ महत्वपूर्ण जित रह्यो ।

बिनोद दास 
नेपाललाई पहिलो पटक एसिसि अण्डर १९ एसिया कपको सेमिफाइनलसम्म डोर्‍याउने प्रशिक्षक बने पूर्व राष्ट्रिय टिमका कप्तान दास । दास भारतलाई कुनै पनि स्तरको क्रिकेट प्रतियोगितामा हराउदाको नेपाली टोलीको प्रशिक्षक पनि बने । 

दासको प्रशिक्षणमा नेपालले एसिसि अण्डर १९ इस्टर्न रिजनको पहिलो उपाधि पनि हात पार्न सफल रह्यो । उनकै प्रशिक्षणमा नेपालले आईसिसि एसिया अण्डर १९ बिश्वकप छनोटमा दोश्रो स्थान हात पार्न सफल रह्यो ।


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}