logo of cricketingnepal.com

कोलकत्ता बिरुद्ध निरिह रहेको दिल्ली ७१ रनको फराकिलो अन्तरले पराजित

Apr 16, 2018 | Cricketingnepal |

इण्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत सोमवारको एक मात्र खेलमा कोलकत्ता नाइट राइडर्सका बलरहरु तथा ब्याट्सम्यान हाबी हुँदा दिल्ली डेयरडेबिल्स ७१ रनको फराकिलो अन्तरले पराजित भएको छ । चार खेलका कोलकत्ताको यो दोश्रो जित हो भने दिल्लीको चार खेलमा तेश्रो हार हो । 

२०१ रनको विशाल लक्ष्य पक्षाएको दिल्ली १४ दशमलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १२९ रन बनाउन सक्यो । दिल्लीलाई सस्तैमा समेट्ने क्रममा सुनिल नारायण र कुलदिप यादवले समान तीन तीन विकेट लिए । 

पहिलो तीन ओभरमा तीन विकेट गुमाएर खराब शुरुवात गरेका दिल्लीले बाँकी सात विकेट अन्तिम छ ओभरमा गुमायो ।

दिल्लीको तर्फबाट ग्लेन म्याक्सवेलले २२ बलमा सर्वाधिक ४७ रन बनाए भने रिसब पन्तले २६ बलमा ४३ रनको योगदान दिए । उनीहरु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा दिल्ली सस्तैमा समेटिन पुग्यो ।

यस अघि नितिस राना, एन्ड्रयु रसेल र रबिन उथप्पाको आक्रमक पारीको मद्धतमा कोलकत्ताले २० ओभरमा नौ विकेट गुमाएर २०० रनको विशाल योगफल तयार पाऱ्यो ।

कोलकत्ताको तर्फबाट सर्वाधिक रन बनाएका रानाले ३५ बलमा पाँच चौका र चार छक्काको मद्धतमा ५९ रनको योगदान दिए । त्यस्तै रसेलले १२ बलमा ४१ रनको आक्रमक पारी खेले । ट्ेरन्ट बोल्टको बलमा बोल्ड भएका रसेलले छ छक्का प्रहार गरे ।

त्यस्तै रबिन उथप्पाले पनि दुई चौका र तीन छक्का प्रहार गर्दै १९ बलमा ३५ रन बनाए भने ओपनर क्रिस लिनले २९ बलमा ३१ रनको पारी खेले ।

दिल्लीका लेग स्पिनर राहुल टेवाटिले सर्वाधिक तीन विकेट लिए । तीन ओभरमा १८ रन खर्चेका उनले सबै विकेट अन्तिम ओभरमा लिएका हुन् । त्यस्तै बोल्ट तथा क्रिस मोरिस दुबैले समान दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}