logo of cricketingnepal.com

राजस्थान बिरुद्ध २१८ रनको लक्ष्य पक्षाएको बैङ्गलौर १९ रनले पराजित

Apr 15, 2018 | Cricketingnepal |

ईण्डियन प्रिमियर लिग अन्र्तगत बैङ्गलुरुमा भएको खेलमा रोयल च्यालेन्जस बै्रङ्गलौरलाई १९ रनको अन्तरले पराजित गर्दै राजस्थान रोयल्स अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । तीन खेलमा तीनवटा नै जित निकालेको हैदराबाद अंक तालिकाको पहिलो स्थानमा छ भने दुई खेलमा दुई जित निकालेको चेन्नाई राजस्थान भन्दा रन रेटका आधारमा दोश्रो स्थानमा छ । 

जस्थानले दिएको २१८ रनको लक्ष्य पक्षाएको बैङ्गलौरले २० ओभरमा छ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो र खेल १९ रनले हार्न पुग्यो । तीन खेल खेलेको बैङ्गलौरको यो दोश्रो हार हो ।

बैङ्गलौरको तर्फबाट कप्तान बिराट कोहलीले सर्वाधिक ५७ रन बनाए । ३० बलको सामना गरेका कोहलीले सात चौका र दुई छक्का प्रहार गरे । त्यस्तै मन्दिम सिंहले अविजित रहँदै २५ बलमा २७ रन तथा वासिङ्गटन सुन्दरले १९ बलमा ३५ रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले सन्जु स्यामसनको आक्रमक पारीको मद्धतमा २० ओभरमा चार विकेट गुमाउँदै २१७ रनको विशाल योगफल तयार पाऱ्यो ।

राजस्थानको लागि स्यामसनले सर्वाधिक ९२ रनको परी खेले । अविजित रहेका उनले ४५ बलमा दुई चौका र १० छक्का प्रहार गरे । त्यस्तै कप्तान अजिन्क्या रहानेले पनि २० बलमा ३६ रनको योगदान दिए भने बेन स्टोक्सले पनि २७ रनको योगदान दिए । 

बैङ्गलौरको तर्फबाट क्रिस वोक्स र युजबेन्द्र चाहलले समान दुई विकेट लिए ।

  




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}