logo of cricketingnepal.com

मुस्तफाले जिते उत्कृष्ट खेलडीको पल्सर मोटरसाइकल

Apr 13, 2018 | Cricketingnepal |
टिम चौराहा तथा युएईका कप्तान रोहन मुस्तफा धनगढी प्रिमियर लिगको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
चौराहालाई उपाधि दिलाउने क्रममा मुस्तफाले महत्वपूर्ण भुमिका खेलका थिए । उनले प्रतियोगितामा शुक्रबार भएको फाइनलसहित दुई वटा म्यान अफ द म्याच हात पारेका थिए । 
उत्कृष्ट खेलाडी मुस्तफाले पल्सर २०० ए एस मोटरसाइकल पाएका छन् । अंकको आधारमा दिइने उत्कृष्ट खेलाडीको दौडमा मुस्तफाले आज म्यान अफ द म्याच पाएपछि अग्रपंक्तिमा आएका थिए । 
मुस्तफाले आज म्यान अफ द म्याच नपाएको खण्डमा यसको उपाधि काठमाडौं गोल्डेन्सका सन्नी पटेल अगाडी रहने थिए । मुस्तफाले शुक्रबार भएको फाइनलमा दुई विकेट लिए भने सुनिल धमलासंग दोश्रो विकेटको लागि १ सय ४२ रनको साझेदारी गर्दै चौराहालाई उपाधि दिलाएका थिए । 
मुस्तफाले प्रतियोगिता भर १ सय ९८ रन बनाउनुका साथै ९ विकेट हात पारे ।    


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}