logo of cricketingnepal.com

चौराहाका तीव्र गतिका बलर ललितले जिते गोल्डस्टारको सुनको जुत्ता

Apr 13, 2018 | Cricketingnepal |
ललित सिंह भण्डारीले धनगढी प्रिमियर लिगको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरको पुरस्कार जितेका छन् । 

टिम चौराहा धनगढीका प्रमुख तीव्र गतिका बलर ललितले प्रतियोगिता भर कुल १४ विकेट लिए । शुक्रबार भएको फाइनलमा चौराहाको लागि तीन विकेट लिने क्रममा ललितले टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलका थिए ।

ललित पछि प्रतियोगितामा सबैभन्दा बढी विकेट काठमाडौं गोल्डेन्सका लेग स्पिनर सन्नी पटेल रहे । उनले १३ विकेट लिएका थिए । यस्तै गोल्डेन्सकै रशिद खानले ११ र सिवाईसी अत्तरियाका शुभांकर उरावले १० विकेट हात पारे । 

एमभिपिको निर्णय गर्नको लागि आयोजक धनगढी क्रिकेट एकेडेमिले निर्णायकहरुको टोली बनाएको थियो भने ५० प्रतिशत फेसबुक भोटिङ्गको पनि सहारा लिइएको थियो । 

टुर्नामेन्ट एमभिपि प्रतियोगितामा उल्लेखनीय भुमिका निभाउने खेलाडीलाई दिइएको हो । डिपिएलको शुरुवात देखि नै ललितले निकै नै प्रभाव पार्ने खेल प्रदर्शन गरेका थिए ।


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}