ओपनर सुनिल धमला र रोहन मुस्तफाले शानदार शतकीय साझेदारी गरेपछि टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिगको उपाधि जितेको छ ।

एसएसपी क्रिकेट ग्राउण्डमा आज भएको फाइनलमा धमला र मुस्तफाले अद्र्धशतक प्रहार गरेपछि धनगढीले ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्सलाइै २१ रनले पराजित गर्दै उपाधिको रक्षा ग¥यो । पहिलो ब्याटिङ्ग गरेको चौराहाले ४ विकेटको क्षतिमा १ सय ८१ रन बनायो भने गोल्डेन्सले ८ विकेटको क्षतिमा १ सय ६० रन मात्र बनाउन सक्यो ।
उपाधिसंगै चौराहाले २५ लाख र उपबिजेता गोल्डेन्सले १० लाख पुरस्कार प्राप्त ग¥यो ।
चौराहालाई उत्कृष्ट शुरुवात दिलाउने क्रममा ललित सिंह भण्डारीले बिहिबार प्रतियोगिताकै तेज अद्र्धशतक बनाएका ओपनर सुबोध भाटीलाई ५ रनमै बोल्ड गरेका थिए । ओपनर अमित श्रेष्ठले त्यसपछि पुष्प थापासंग दोश्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै गोल्डेन्सलाई खेलमा कायम राखे ।
अमितले ३९ बलमा ५८ रन बनाए । योगेन्द्र सिंह कार्कीको बलमा आउट हुनुअघि उनले सात चौका र तीन छक्का प्रहार गरे । त्यसपछि गोल्डेन्सलाई सम्हाल्ने काम कप्तान ज्ञानेन्द्र मल्लले गरे । नरेश बुढाएरसंग चौथो विकेटका लागि ३७ रन जोेड्ने क्रममा उनले २७ बलमा ३० रन बनाए ।
ललितले ज्ञानेन्द्र र नरेश दुवैको विकेट लिए । सन्नी पटेलले १२ बलमा दुई छक्का र एक चौका प्रहार गदै २२ रन बनाए तर १९ औं ओभर लिएर आएका मुस्तफाले खेल परिवर्तन गरे ।
१२ बलमा २७ रन चाहिएको अवस्थामा मुस्तफाले दोश्रो बलमा पटेललाई बोल्ड गरे भने अन्तिम बलमा रशिद खानको विकेट लिए ।
यसअघि धमला र मुस्तफाको शानदार साझेदारीमा चौराहाले फाइनलमा गोल्डेन्सलाई बिशाल लक्ष्य दिएको थियो ।
खेलको तेश्रो ओभरमै अर्का ओपनर अस्फाक अहमदलाई १२ रनमा गुमाएको डिफेन्डिङ्ग च्याम्पियन चौराहालाई ठूलो योगफल तर्फ धकेल्ने क्रममा धमला र मुस्तफाले १ सय ४२ रनको ठूलो साझेदारी गरेका थिए ।
१८ औं ओभरमा रन आउट हुनु अघि मुस्तफालाई चार छक्का र चार चौका प्रहार गर्दै ४२ बलमा ६० रन बनाए । लगत्तै सोनु तामाङ्गलाई सुबोध भाटीलाई शुन्यमै बोल्ड गरेका थिए ।
प्रतियोगितामा आफ्नो सर्वाधिक स्कोर बनाउने क्रममा धमलाले ७८ रन बनाए । ६३ बलको सामना गरेका धमलाले आठ चौका र तीन छक्का प्रहार गरे ।
उनी प्रतियोगिताको ब्यक्तिगत सर्वाधिक योगफल भन्दा मात्र तीन रनले चुकेका थिए । गोल्डेन्स ओपनर अमितले प्रतियोगिताको पहिलो खेलमै चौराहाबिरुद्ध नटआउट ८१ रन बनाएका थिए । कप्तान सोमपाल कामीले ८ रन बनाएका थिए ।
गोल्डेन्सका लागि भाटीले सर्वाधिक दुई विकेट लिए भने बिहिबार महेन्द्रनगर युनाईटेडबिरुद्धको दोश्रो क्वालिफायरमा ६ विकेट लिएर सनसनी मच्चाएका सनी पटेलले चार ओभरमा २७ रन खर्चिएर एक विकेट हात पारे ।