logo of cricketingnepal.com

नेपाललाई सातौं झड्का, सोमपाल पनि आउट

Feb 14, 2018 | Cricketingnepal |

आगामी महिना जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोट पुग्नलाई १९५ रनको लक्ष्य पाएको नेपाललाई सातौं झड्का लागेको छ ।

नेपालका सोमपाल कामी १२ बलमा सात रन बनाएर पेभेलियन फर्किएका छन् ।

यस अघि ४२ बलमा १७ रन बनाएका रोहित कुमार पौडेल आउट भएका थिए । उनले दुई चौका प्रहार गरेका थिए र आरिफसँग मिलेर ४६ रनको साझेदारी गरेका थिए । 

रोहित भन्दा अघि १८ रन बनाएका दिपेन्द्र सिंह ऐरी ३८ बलमा एक चौकाको मद्धतमा शाद बिन जाफरको बलमा उनीबाट नै क्याच आउट भएका थिए ।

त्यस्तै शरद भेषवाकर एक रन बनाएर शाद बिन जाफरको बलमा नै बोल्ड भएका हुन् । उनले पाँच बलको सामना गरेका थिए । नेपालले छ बलको अवधिमा दुई विकेट गुमाएको छ । 

शरद भन्दा पहिले ६८ बलमा पाँच चौका सहित ४१ रन बनाएका दिलिप नाथ आउट भएका थिए । उजलनई सिसिल परवेजले विकेट किपर हम्जा तारिकको हातबाट क्याच आउट भएका हुन् ।

परजेजले नै ज्ञानेन्द्र मल्ललाई नौ रन तथा त्यसको अर्को बलमा कप्तान पारस खड्कालाई गोल्डेन डकआउट गरेका थिए ।

क्यानडाले ओपनर श्रीमन्थ विजेरत्नेको शतकको मद्धतमा ५० ओभरमा आठ विकेट गुमाएर १९४ रन बनायो । अविजित रहेका विजेरत्नेले १५२ बलमा आठ चौकाको मद्धतमा १०३ रनको पारी खेले । यो विजेरत्नेको लिस्ट ए मा पहिलो शतक हो । 

नेपालको तर्फबाट बसन्त रेग्मिले सर्वाधिक तीन विकेट लिएका थिए भने सन्दिप लामिछानेले दुई तथा करण केसी र शरद भेषवाकरले पनि एक एक विकेट लिए ।

१० ओभर बलिङ गरेका बसन्तले ३४ रन खर्चेका थिए । त्यस्तै आफ्नो पहिलो स्पेलमा पाँच ओभर बलिङ गर्दै सात रन दिएर दुई विकेट निकालेका सन्दिपले पछिल्लो चार ओभरमा ३३ रन खर्चे जसमा तीन छक्का पनि सामेल छ ।

आगामी महिना जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोटमा प्रवेश पाउनका लागि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ । चार खेल खेलेको नेपालको तीन जित र एक हारका साथ छ अंक छ । नेपालले आयोजक नामिबिया, युएई तथा केन्यालाई पराजित गरेको थियो भने ओमान बिरुद्ध हारको सामना गरेको थियो ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}