logo of cricketingnepal.com

नेपालगञ्जलार्इ पराजित गर्दै इटहरी विजयी

Jan 13, 2018 | Cricketingnepal |

 इटहरीमा जारी दोस्रो अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा शनिबार बिहान भएकाे पहिलाे खेलमा अायाेजक इटहरी क्रिकेट एकेडेमीले विजयी सुरूवात गरेकाे छ।  इटहरीले नेपालगञ्जलाई तीन विकेटले पराजित गर्याे। 


इटहरी स्थित डिभिएम स्कूलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालगञ्जले निर्धारित १७ ओभरको खेलमा ९ विकेट गुमाउदै ६० रन बनायाे। नेपालगञ्जका लवकुश यादवले  नटआउट १५ रन बाहेक अन्यले दाेहाेराे अंक जाेड्न सकेनन्।  बलिङ तर्फ इटहरीका भुपाल लुइटेलले ३ विकेट तथा पवन सर्राफ र सोनु मण्डलले २–२ विकेट लिएका थिए। 

६१ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको इटहरीले १२ दशमलव ३ ओभर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य भेटायाे। बलिङ तर्फ नेपालगञ्जका लवकुश यादव र अजय शहनीले ३–३ विकेट लिएका थिए। सो खेलको म्यान अफ द म्याच इटहरीका भुपाल लुइटेल घोषित भएका थिए। माघ २ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, काठमाण्डौ, विराटनगर, नेपालगञ्ज, भैरहवा र धनगढी क्रिकेट टोलीको सहभागता रहेको छ। 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}