logo of cricketingnepal.com

माेन्टी देसाइकाे स्थानमा काे?

Jan 12, 2018 | Cricketingnepal |

लामाे समय नेपालका लागि काम गर्न खाेजेका माेन्टि देसाइका लागि त्याे सम्भव नभएपछि नेपालले डिभिजन टुकाे तयारीका लागि उनका स्थानमा अरु विकल्प खाेज्ने भएकाे छ।


देसाइले यसअघि पनि नेपाली टाेलीलार्इ ब्याटिङ कन्सल्टेन्टको रुपमा सहयाेग पुर्याउँदै अाएका थिए। यसपटक भने उनका विकल्पमा तीन जना भारतीय प्रशिक्षकसँग कुरा भएकाे नेपाली प्रशिक्षक जगत टमटाले बताए।


देसाइ लामो समय नेपालका लागि काम गर्न चाहान्थे तर अाइसिसीले व्यवस्थापन हेरिरहेकाे नेपाली टाेलीका लागि त्याे सम्भव देखिदैन्। उनी नअाउने भएपछि भारतकाे मुम्बइका सोलेन्के कुलकर्णे, हैदराबादका अभिजित तथा एक अन्य भारतीय प्रशिक्षकसँग कुरा भइरहेकाे प्रशिक्षक टमटाले बताए।


उनीहरु मध्ये टोलीलार्इ अावश्यकता पर्ने एक जनाकाे नाम अाइसिसीमा सिफारिस गर्ने र अाइसिसीबाट अनुमति अाएपछि नेपालकाे ब्याटिङ कन्सल्टेन्टमा नियुक्त गरिने उनले बताए।

नेपालले यसैहप्ताबाट टियु मैदानमा डिभिजन टुकाे तयारी थालिसकेकाे छ। 



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}