logo of cricketingnepal.com

विश्व क्रिकेट लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज युएईको सामना गर्ने

Dec 08, 2017 | Cricketingnepal |

सन् २०१५ बाट शुरु भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक राष्ट्र युएईको सामना गर्नेछ ।

युएई बिरुद्द शेख जायद क्रिकेट रंगशाला अबु धबीमा भएको पहिलो लेगमा नेपाल लेगमा नेपाल सात विकेटले पराजित भएको थियो । 

शरद भेषवाकरको अविजित ८१ रन र ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा नेपालले ५० ओभरमा छ विकेट गुमाएर २२१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको युएईले गुलाम सहबेरको अविजित ८१ रनमा ४५ दशमलब ५ ओभरमा तीन विकेट गुमाउँदै खेल आफ्नो पक्षमा पाऱ्यो ।

१३ खेल सकिँदा सम्म नेपालको मात्र नौ अंक छ र अंक तालिकाको छैठौ स्थानम छ । यस प्रतियोगितामा नेपालले चार खेलमा जित निकाल्न सक्यो भने आठ खेल गुमाउन पुग्यो । हङकङसँगको दोश्रो लेग टाईफुनका कारण रद्द हुँदा नेपालले एक अंक प्राप्त गऱ्यो । 

डिभिजन टुमा घटुवा भएको नेपालले आजको खेलमा जित निकाल्न सके प्रतियोगिताको अंक तालिकामा छैठौं स्थानमा नै रहने छ भने हारेको खण्डमा सातौं स्थानमा झर्नेछ ।

यू१९ का कप्तान तथा नेपाली टोलीका प्रमुख खेलाडी दिपेन्द्र सिंह ऐरी अभ्यासका क्रममा घाइते भएका कारण उनको स्थानमा अनिल कुमार शाहलाई नेपाली टोलीमा समावेश गरिएको छ । आजको खेलमा शाहले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने लगभग पक्का पक्कि छ ।

आजको खेलमा पनि दिलिप नाथ र ज्ञानेन्द्र मल्लले ओपनिङ गर्नेछन् भने खराब फर्मबाट गुज्रिरहेका बिनोद भण्डारी अन्तिम ११ मा पर्न मुस्किल देखिन्छ । त्यस्तै सागर पुन शक्ति गौचनको स्थानमा खेल्ने सम्भावना पनि प्रवल छ । तिब्र गतिका बलरहरुमा सोमपाल कामी, करण केसी र ललित सिंह भण्डारी मध्य दुई जनाले आजको खेलमा खेल्ने छन् ।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074