logo of cricketingnepal.com

जोन्टि रोड्सले मुम्बई छाड्ने

Dec 07, 2017 | Cricketingnepal |

दक्षिण अफ्रिकाका पुर्व ब्याट्सम्यान तथा भारतको चर्चित ईण्डियन प्रिमियर लिग (आईपिएल) को टोली मुम्बई ईण्डियन्सका फिल्डिङ कोच जोन्टि रोड्सले मुम्बई छाड्ने भएका छन् । 

सन् २००९ मा मुम्बईको फिल्डिङ कोचमा नियुक्त भएका रोड्ले मुम्बईलाई उत्कृष्ट फिल्डिङ टोली बनाउन ठुलो योगदान दिएका थिए । यस अबधिमा मुम्बईले तीन वटा आईपिएलको उपाधि चुमेको थियो । 

आफ्नो समयमा उत्कृष्ट फिल्डरका रुपमा परिचित रोड्सले आफ्नो व्यक्तिगत कारण बताउँदै मुम्बई छाड्न लागेका हुन् । लामो समय एउटै टालीमा काम गरेकाले पनि उनले मुम्बई छाड्नुको प्रमुख कारण रहेको आँकलन गरिएको छ ।

रोड्सले छाडेपछि रिक्त रहेको फिल्डिङ कोचमा मुम्बईले न्युजिल्यान्डका जेम्स प्याममेन्टलाई नियुक्त गरेको छ । प्याममेन्टले यस अघि न्युजिल्यान्डको राष्ट्रिय टोलीसँग काम गरेको अनुभब पनि छ ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074