logo of cricketingnepal.com

नेदरल्यान्ड्सलाई विश्व क्रिकेट लिगको उपाधि, एकदिवसिय लिगका लागि छनोट

Dec 07, 2017 | Cricketingnepal |

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामेवियालाई आठ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधी माथी कब्जा जमाएको छ । आफ्नो १३औं खेल खेलेको नेदरल्यान्ड्सले प्रतियोगितामा अब १४औं तथा अन्तिम खेल खेल्न बाँकी छ ।

नेदरल्यान्ड्सले १३ खेलमा नौ जित र दुई ड्रका साथमा २० अंक सहित च्याम्पियनसिपको पहिलो स्थानमा छ । १३ खेल नै खेलेको स्कटल्यान्डको १७ अंक छ र उसको पनि एक खेल मात्र बाँकी छ भने तीन अंकको फरक छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेसँगै नेदरल्यान्ड्सले १३ रष्ट्र सम्मिलित एकदिवसिय लिगका लागि पनि छनोट भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसिसी० ले यस अघि सन् २०१९ को विश्व कप पछि एकदिवसिय लिग शुरु गर्ने र विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जित्नेले उक्त लिगमा स्थान बनाउने जनाएको थियो । एकदिवसिय लिगमा १२ वटा टेष्ट मान्यता प्राप्त टोली र नेदरल्यान्ड्सको सहभागिता रहने छ ।

आफ्नो टोलीलाई उपाधि दिलाउने क्रममा वेस्ले बारेसी र बेन कुपरले शतकिय पारी खेलेका थिए । 

२७० रनको लक्ष्य पक्षाएको नेदरल्यान्ड्सका लागि खेलमा म्यान अफ द म्याच घोषित बारेसी र कुपरले दोश्रो विकेटका लागि २३६ रनको साझेदारी गरेका थिए । नेदरल्यान्ड्सले ४१ दशमलब एक बलमा दुई विकेट गुमाउँदै खेल जितेको थियो । 

विकेट किपर तथा ओपनर बारेसीले नेदरल्यान्ड्सका लागि सर्वाधिक १२० रन बनाएका थिए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कुपरले अविजित १०९ रन बनाएका थिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नामेबियाले ५० ओभरमा आठ विकेट गुमाउँदै २६९ रन बनाएको थियो । 

नामेबियाका लागि ओपनर भ्यान डेर वेस्थुजेनले सर्वाधिक ५४ रन बनाएका थिए भने जेरहार्ड एरासमसले पनि ५२ रनको योगदान दिएका थिए ।

नेदरल्यान्ड्का लागि भ्यान डर मर्विले सर्वाधिक तीन विकेट लिएका थिए भने भिभिएन किंग्मा र पिटर सेलारले पनि आफ्नो नाममा दुई दुई विकेट आफ्नो नाममा लेखाउन सफल भएका थिए । 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074