logo of cricketingnepal.com

पहिलाे चाेटी राष्ट्रिय टाेलीमा अनिल, यसरी पुगे राष्ट्रिय टाेलीमा

Dec 07, 2017 | Cricketingnepal |

विश्व क्रिकेट लिग च्याम्पियन्सिप अन्तर्गतकाे साताै चरणकाे दास्राे खेलमा भाेलि नेपालले युएईकाे सामना गर्दैछ। यूएर्इ विरुद्धको दोस्रो खेलमा पनि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीकाे स्थानमा अनिलकुमार साहलार्इ माैका दिइएकाे छ। 


मंगलबार अभ्यासका क्रममा दीपेन्द्र घाइते भएपछि उनकाे स्थानमा शुक्रबार हुने खेलमा अनिललार्इ माैका दिइएकाे नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जनाएका छन्। युएई विरुद्धको पहिलो खेलमा पनि दीपेन्द्रले खेलेका थिएनन्।

उनको स्थानमा टोलीमा अटाएका अनिलकुमार साहले पहिलाे चाेटी राष्ट्रिय टाेलीकाे १४ जनाभित्र स्थान बनाएका हुन्। अतिरिक्त खेलाडीका रूपमा नेपाली टाेलीसँग यात्रा गरेका अनिलले साेही क्रममा राष्ट्रिय टाेलीमा स्थान बनाएका हुन्। 

यूएर्इ विरूद्धकाे खेलअघि नेपालले अमेरिका र केन्या विरूद्ध अभ्यास खेल खेलेकाे थियाे। साेही खेलमा माैका दिने उदेश्यले अनिलसँगै कुशल भुर्तेललार्इसँगै यूएर्इ लगिएकाे थियाे। साेही क्रममा अनिलले पहिलाेपटक राष्ट्रिय टाेलीमा स्थान बनाएका छन्। 

नेपाल र युएईबीच सातौं चरणको दोस्रो खेल शुक्रबार आबुधावीको शेख जायेद रंगशालामा हुँदैछ। खेल नेपाली समयअनुसार सवा ११ बजेदेखि सुरु हुनेछ।

कलैयाका अनिलले अध्ययनका क्रममा हेटौडा हुँदा झण्डै पाँच वर्षअघि क्रिकेट खेल्न सुरू गरेका थिए। जिल्लास्तरीय यु–१६ र यु–१९ हुँदै अनिलले सिनियर क्षेत्रीय छनोट प्रतियोगिताहरू खेलेका छन्। अनिलले एभरेष्ट प्रिमियर लिगको पहिलो संस्करणमा उनले कान्तिपुर गोर्खाजको प्रतिनिधित्व गरेका थिए।

गत डिसेम्बरमा श्रीलंकामा भएको युथ एसिया कपबाट अनिलले उमेर समूहको क्रिकेटमा नेपालका लागि डेब्यु गरे। त्यसयता उनले यु–१९ विश्वकप छनोट, एसियाकप पुर्वी क्षेत्र छनोट र एसिया कपमा नेपालबाट खेलिसकेका छन्। 

यूएर्इ विरुद्ध खेल्ने पहिलो चरणमा २८ जना खेलाडीको नाम घोषणा गरिदा त्यस लगत्तै हुन लागेको यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीहरूलार्इ बन्द प्रशिक्षणमा राखिने बताइएकाे थियाे। 

यू–१९ एसिया कपमा भारतलार्इ हराएकाे नेपाली युवा टाेलीले पहिलोपटक सेमिफाइनल सम्मको यात्रा तय गर्दा साे प्रतियाेगिताबाट अनिलसँगै यू–१९ एसियाकपबाट रोहित पौडेल तथा विकेटकिपर ब्याट्सम्यान मोहम्मद आसिफ सेखले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा  स्थान बनाएका थिए।

तर, दास्रो चरणको बन्द प्रशिक्षण सुचि सार्वजनिक गरिदा त्यसमा अनिल मात्रै अटाए। यू–१९ एसिया कपमा ४ खेलकाे ४ इनिङमा १ सय १ रन र दुर्इ विकेटले पनि उनलाई दोस्रो चरणमा पुर्याउन मदत गर्यो।


युएई विरुद्ध खेल्ने नेपाली टोलीको अन्तिम नामावाली घोषणा गरिँदा अनिल बैकल्पिक ४ जनामा परेका थिए। तर, प्रतियोगिता अघि  डिसेम्बर १ र ३ तारिखमा अमेरिका र केन्यासँग हुने अभ्यास खेलका लागि उनी नेपाली टाेलीसँगै युएई यात्रामा निस्केका थिए। 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074