logo of cricketingnepal.com

दिपेन्द्र घाइते, उनको स्थानमा अनिल नेपाली टोलीमा

Dec 07, 2017 | Cricketingnepal |

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईमा रहेको नेपाली टोलीमा अनिल कुमार शाहलाई दिपेन्द्र सिंह ऐरीको स्थानमा टोलीमा समावेश गरिएको छ । 

मंगलवारको अभ्यासका क्रममा यू१९ का कप्तान ऐरीको अनुहारमा बलले लागेर चोट लागेको थियो जसका कारण उनले घरेलु टोली युएई बिरुद्दको पहिलो लेगमा शुरुवाती ११ मा आफ्नो स्थान बनाउन सकेका थिएनन् । 

नेपाली टोलीले दिएको जानकारी अनुसार ऐरीलाई बलले लागेर घाउ भएको थियो जसका कारण उनलाई टाँका नै लगाउन पर्ने भएको थियो । चोट सामान्य भएको र उनी ४–५ दिनमा नै ठिक हुने छन् । 

भोली हुने खेलमा पनि ऐरीले खेल्न नसक्ने भएपछि उनको स्थानमा अनिललाई टोलीमा समावेश गरिएको हो । 

यू१९ का मध्यक्रमका ब्याट्सम्यान अनिल पहिलो पटक नेपाली टोलीमा पर्न सफल भएका हुन् । अनिल नेपाली टोलीको वैकल्पिक खेलाडीका रुपमा अलराउन्डर कुशल भुर्तेलसँगै युएई गएका थिए । उनले अमेरिका र केन्या बिरुद्द भएको अभ्यास खेलमा पनि खेलेका थिए ।

हालै मलेसियामा सम्पन्न भएको यू१९ एसिया कपमा अनिलले अफगानिस्तान बिरुद्दको सेमिफाइनल खेलमा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएर अर्धशतक बनाएका थिए । अफगानी बलरहरु बिरुद्द धारासायी बनेको नेपाली टोलीले अनिलको अर्धशतकमा १०३ रन मात्र बनाउन सकेको थियो । उक्त खेलमा अनिलले बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।  




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074