logo of cricketingnepal.com

सुबाश खकुरेलले ईपिएलबाट नाम फिर्ता लिए

Dec 07, 2017 | Cricketingnepal |

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व विकेट किपर तथा ओपनिङ ब्याट्सम्यान सुबाश खकुरेल आगामी डिसेम्बर १८ तारिखबाट शुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा नखेल्ने भएका छन् । उनले प्रतियोगिताबाट नाम फिर्ता लिने भएका छन् । 

चितवन टाईगर्सले खकुुरेललाई काठमाडौंमा भएको अक्सनमा शुरुवाती रकम एक लाख रुपैयाँमा किनेको थियो । 

केही समय अघि खकुरेल दुर्घटनामा परेर हात भाँचिएको थियो । डाक्टरहरुले उनको शल्यक्रिया गरेर हातमा स्टिलको पाता जोडेका थिए । उनको हातको हड्डी जोढिएको छ भने ठिक पनि हुँदैछ । तर डाक्टरको सल्लाहमा नै उनले प्रतियोगिताबाट नाम फिर्ता लिन लागेका हुन् ।

“मेरो हात ठिक हुँदै गएको र प्रतियोगिता सम्ममा खेल्न मिल्ने हुन्छ भन्ने आश गरेको थिएँ । तर केही दिन अघि डाक्टरलाई देखाउन जाँदा डाक्टरले हात पुर्ण रुपमा ठिक नभएको र पुर्ण रुपमा ठिक हुनका लागि अझै ४०–४५ दिन लाग्ने बताउनु भयो,” खकुरेलले क्रिकेटिङनेपाललाई जानकारी दिए । “पुर्ण रुपमा ठिक नभएको हुनाले अहिले खेलेमा यसले पछि सम्म असर पार्ने पनि डाक्टरले बताउनु भएकाले पनि मैंले नाम फिर्ता लिन लागेको हो ।”

खकुरेलले आफ्नो फ्रेन्चाईज चितवन टाईगर्सलाई जानकारी गराईसकेको र आयोजकालाई आधिकारीक पत्र पठाउने कार्य अघि बढाएको पनि खकुरेलले जानकारी दिए । 

चितवन टाईगर्सका मालिक किशोर भट्टराईले पनि सुबाशले आफुहरुलाई आफ्नो हात ठिक नभएका कारण यस प्रतियोगितामा खेल्न नसक्ने जानकारी गराएको बताए । भट्टराईले यसका लागि आयोजकहरुसँग सहकार्य भईरहेको पनि जानकारी गराए ।

खकुरेल नखेल्ने भएपछि उनको खाली ठाउँमा एक जना खेलाडी चितवनले लिन पउने छ । खकुरेल ए ग्रेडको खेलाडी भएकाले उसले ए ग्रेडको खेलाडी राख्न पाउनेछ । भट्टराईले हाल अनिल मण्डलसँग कुरा चलिरहेको पनि बताए । तर यस बिषयमा ठोस परिणाम आइसकेको भने छैन ।





LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074