logo of cricketingnepal.com

बिराट कोहली टेष्टमा दोश्रो नम्बरमा

Dec 07, 2017 | Cricketingnepal |

भारतका कप्तान बिराट कोहली टेष्ट वरियताको दोश्रो नम्बरमा आईपुगेका छन् । अन्तर्राष्ट्रि क्रिकेट परिषद् (आईसिसी) ले निकाले पछिल्लो वरियता क्रमको दोश्रो नम्बरमा आईपुगेका हुन् । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ भने वरियताको पहिलो नम्बरमा छन् । 

श्रीलंका बिरुद्द हालै सम्पन्न टेष्ट श्रृङखलाको पाँच पारिको कोहलीले दुई दोहोरो शतक, एक शतक र एक अर्धशतक सहित कुल ६१० रन बनाएका थिए । जसका कारण उनी पाँचौ नम्बरबाट तीन स्थान उक्लँदै वरियताको दोश्रो नम्बरमा आइपुगेका हुन् । 

कोहलीको वरियतामा ८९३ अंक छ भने ४५ अंक धेरै भएका स्मिथको ९३८ अंक छ । त्यस्तै ८७९ अंकका साथमा वरियताको तेश्रो नम्बरमा ईङ्गल्यान्डका कप्तान जो रुट छन् । 

कोहली एकदिवसिय र ट्वान्टि ट्वान्टिाको वरियताको पहिलो नम्बरमा छन् । यदि कोहली टेष्टमा पनि वरियताको पहिलो नम्बरमा पुग्छन् भने उनी अष्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङ्ग पछि क्रिकेटको सबै फर्मायटमा एक नम्बरमा हुने दोश्रो खेलाडी हुनेछन् । 

भारत बिरुद्दको श्रृङखलामा कुल ३६६ रन बनाएका श्रीलंकाका कप्तान दिनेश चन्दिमल पहिलो पटका टेष्ट वरियताको दश भित्र पर्न सफल भएका छन् । चन्दिमल ७४३ अंकको साथमा वरियताको नवौं नम्बरमा छन् । 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074