logo of cricketingnepal.com

इंग्ल्यान्डविरुद्ध राेमाञ्चक जित निकाल्दै अस्ट्रेलियाद्धारा एसेजमा २-० काे अग्रता

Dec 06, 2017 | Cricketingnepal |

एसेज सिरिज अन्तर्गतकाे दाेस्राे टेस्टमा इंग्ल्यान्डविरुद्ध १२० रनको राेमाञ्चक जित निकाल्दै अष्ट्रेलियाले एसेज सिरिजमा २–० को अग्रता बनाएको छ। 


अन्तिम दिन बुधबार दोस्रो इनिङ्समा इंग्ल्यान्डलाई २३३ रनमा अलआउट गर्दै अष्ट्रेलियाले ५ खेलको सिरिजमा २–० ले अग्रता बनाएको हो।

चाैथाे दिनकाे खेल सकिदा अष्ट्रेलियाले दिएको ३५४ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ४ विकेटको क्षतिमा १७६ रनकाे स्थितीमा थियाे। जित तर्फ अग्रसर रहेकाे इंग्ल्याण्डलार्इ अस्टेलियाका बलरहरूले पाँचौ दिन थप ५७ रन जोड्दा बाँकी ६ विकेट लिदै खेल अाफ्नाे पक्षमा पारे। 

इंग्ल्यान्डका कप्तान जोव रुटले दाेस्राे पारीमा सर्बाधिक ६७ रन बनाए। त्यस्तै मार्क स्टोनम्यान र जोनी बैर्स्टोवले समान ३६-३६ रन जाेडे। अष्ट्रेलियाका मिचेल स्टार्कले ५ तथा जोस हाजलवुड र नाथम लायनले समान २ – २ विकेट लिए।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074