logo of cricketingnepal.com

२२२ रनको लक्ष्य रोक्न पर्ने नेपाललाई पहिलो सफलता

Dec 06, 2017 | Cricketingnepal |

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएई बिरुद्दको पहिलो लेगमा नेपाललाई पहिलो सफलता मिलेको छ ।  नेपालले घरेलु टोली युएईलाई २२२ रनको लक्ष्य दिएको थियो । 

नेपालले पहिलो सफलता रन आउटका रुपमा पाएका हो । १९ रन बनाएका मोहमद अस्फाक अहमदलाई ज्ञानेन्द्र मल्ल र दिलिप नाथले रन आउट बनाएका हुन् ।

ओपनर ज्ञानेन्द्र मल्ल र मध्यक्रममा ब्याटिङ गर्न आएका शरद भेषवाकरले अर्धशतक बनाए पछि नेपालले ५० ओभरमा छ विकेट गुमाएर २२१ बनाएको हो । 

नेपालका लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले नेपालका लागि अविजित रहँदै सर्वाधिक ८१ रन बनाएका थिए । ९५ बलको सामना गरेका शरदले पाँच चौका प्रहार गरेका थिए । 

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शरदको यो चौंथो अर्धशतक हो भने लिस्ट ए मा पाँचौ अर्धशतक । 

शरदले दोश्रो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ४१ रनको साझेदारी गरेका थिए भने कप्तान पारस खड्कासँग तेश्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । कप्तान खड्का २० रनमा र ज्ञानेन्द्र ५४ बलमा आउट भएका थिए । 

नेपालका लागि उपकप्तान तथा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल अर्ध शतक बनाएर आउट भएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो दोश्रो अर्धशतक बनाएका ज्ञानेन्द्र, रोहन मुस्तफाको बलमा एलबिडब्लु आउट भएका हुन् । ८३ बलको सामना गरेर ५४ रन बनाएर आउट भएका हुन् । उनले छ चौका प्रहार गरेका थिए ।

नेपालको तर्फबाट सोमपाल कामीले १९ बलमा २० रनको योगदान दिए भने ओपनर तथा विकेट किपर दिलिप नाथ ३९ बलमा १६ रन बनाएर एहेमद राजाको बलमा बोल्ड भएका थिए ।

खराब फर्मबाट गुज्रिरहेका बिनोद भण्डारी छ बलमा चार रन बनाएर आउट भए भने आरिफ शेखले खाता पनि खोल्न भ्याएनन् । बसन्त रेग्मि १५ बलमा १४ रन बनाएर अबिजित रहे । 

युएईको तर्फबाट जौहर खानले सर्वाधिक दुई विकेट लिए भने मोहमद नाबेद, अहमद राजा र रोहन मुस्तफाले पनि आफ्नो नाममा एक एक विकेट लेखाउन सफल भए । 

घरेलु टोली युएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

नेपालको शुरुवाती ११ –ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, शरद भेषवाकर, पारस खड्का ९कप्तान०, आरिफ शेख, बिनोद भण्डारी, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, सन्दिप लामिछाने, ललित सिंह भण्डारी




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074