logo of cricketingnepal.com

आशिफको खराब प्रदर्शन जारी

Jul 17, 2017 | Cricketingnepal |

यु १९ का विकेट किपर व्याट्सम्यान आशिफ शेखको खराब प्रदर्शन जारी रहेको छ ।  आज यु १९ विश्व कप छनोट खेल अन्तर्गत सिंगापुर यु१९ बिरुद्द सिंगापुर क्रिकेट मैदानमा भएको खेलमा शुरुवाती क्रममा व्याटिङ गर्न आएका आशिफले ५ बलमा एक चौकाको सहयोगमा मात्र चार र बनाएर आउट भए ।

तीन दशमलब तीन ओभरमा टिमको नौ रन हुदा आउट भएका आशिफले आर्यमन सुनिलको बलमा युवराज सिंहलाई क्याच दिएका थिए ।


गत वर्ष आयोजना भएको एभरेष्ट प्रिमियर लिग ट्वान्टि ट्वान्टिको फाईनल खेलमा कलर्स एक्स फ्क्टर्स विरुद्द शतक बनाएपछि एका एक चर्चामा आएका थिए आशिफ । उक्त खेलमा ६४ बलको सामना गरेका आशिफले अविजित एक सय ११ रन बनाएका थिए । उनको शतकिय पारीको सहयोगमा पञ्चकन्या तेजले कलर्सलाई चालिस रनले पाराजित गर्दै उपाधि माथि कब्जा जमाएको थियो ।   


हालै भारतको भ्रमणका क्रममा नेपाल यु १९ ले पाच खेल खेलेको थियो जसमा आशिफले मात्र ५३ रन बनाउन सकेका थिए । उक्त भ्रमणमा उनले सबै भन्दा धेरै रन नोयडा ११ बिरुद्द २८ रन बनाएका थिए ।


नोयडा ११ बिरुद्द

१० रन आठ बल, दुई चौका


नोयडा ११ बिरुद्द

२८ रन ५० बल, तीन चौका


आरपी सिंह क्रिकेट 

१४ रन २२ बल तीन चौका


गुरुग्राम स्पोर्टस क्लब

एक रन नौ बल


फ्रेन्डस् स्पोर्टस एकेडेमी 

० रन छ बल




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074