logo of cricketingnepal.com

माइकल क्लार्कद्वारा सन्दिपको प्रशंशा

Jul 17, 2017 | Cricketingnepal |
अष्ट्रेलियाका पुर्व कप्तान माईकल क्लर्कले नेपाली यु१९ का कप्तान तथा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेको प्रशंशा गरेका छन् । अष्ट्रेलियालाई सन् २०१५ को विश्व कप जिताउन सफल कप्तान ३७ वर्षिय क्लार्कले टुईटर मार्फत सन्दिपको प्रशंशा गरेका हुन् ।

उनले टुइट गर्दै सन्दिपको प्रशंशाा भनेका छन्, मलाई केही अचम्म लागेको छैन । उ सानो सुपर स्टार हो ।

सु जन नाममा टुइटर एकाउन्ट भएका एक जना क्रिकेट समर्थकले क्लार्क लाई सम्बोधन गर्दै यु १९ विश्व कपमा तपाईको बच्चा सन्दिप तहल्का मच्चाई रहेको छ भन्ने टुइटको उत्तरमा क्लार्कले सन्दिपको प्रशंशा गरेका हुन् ।

सिंगपुर विरुद्दको खेलमा म्यान अफ द म्याच घोषित भएका कप्तान सन्दिप लामिछानेले आठ ओभर बलिङ गर्दै २१ रन खर्चिएर ५ विकेट लिएका थिए । दुई मेडन ओभर राखेका सन्दिपको कसिलो बलिङको सहयोगमा आयोजक सिंगापुर २९ ओभरमा मात्र ७३ रनमा समेटिन पुगेको थियो । उक्त खेल नेपालले चार विकेटले जितेको थियो

गत वर्ष हंकङगमा आयोजना भएको एक ट्वान्टि ट्वान्टि प्रतियोगिता खेल्ने क्रममा सन्दिपको बलिङ देखेर  क्लार्कले सन्दिपलाई खेल्नका लागि अष्ट्रेलिया बोलाएका थिए । सन्दिपले क्लार्कको क्लब बेष्टर्न सर्बस्बाट विभिन्न खेल खेल्दै करिब दुई महिना अष्ट्रेलियामा बिताएका थिए ।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}