logo of cricketingnepal.com

आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालको विजय सुरुवात

Jul 17, 2017 | Cricketingnepal |

घरेलु टोली सिंगापुरलाई पराजित गर्दै नेपालले आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुआत गरेको छ । सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गर्दै नेपालले विजय सुरुवात गरेको हो  ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा सिंगापुरले दिएको ७४ रनको सामान्य लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो  । नेपालको जितमा प्रनित थापा मगरले २३ तथा अनिल कुमार साहले १९ रन बनाए  । यस्तै रोहित कुमार पौडेल ११ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि सिंगापुरले २९ ओभरमा अलआउट हुदैँ ७३ रन बनाएको थियो ।  सिंगापुरका लागि ब्रिगु आयरले अविजित ४२ तथा सिन अग्रवालले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपाली कप्तान सन्दिप लामिछानेले किफायती बलिङ गरे । कप्तान सन्दिप एक्लैले ५ , साहब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए ।

जितसँगै नेपालले प्रतियोगितामा २ अंक जोडेको छ । अब नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ भने तेस्रो खेलमा नेपालले बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानको सामना गर्ने छ ।

डबल राउण्ड रोबिनका आधारमा हुने छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् । 



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074