logo of cricketingnepal.com

आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट स् सन्दिपको कसिलो बलिङ, सिंगापुरले दियो नेपाललाई जितका लागि ७४ रनको लक्ष्य

Jul 16, 2017 | Cricketingnepal |

आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि ५० रनको सामान्य लक्ष्य दिएको छ । सिंगापुरको पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २९ ओभरमा  अलआउट हुदैँ ७३ रनमा समेटियो ।

सिंगापुरलाई सस्तैमा समेट्न कप्तान सन्दिप लामिछानेले किफायती बलिङ गरे । कप्तान सन्दिप एक्लैले ५ विकेट लिएको पारीमा सिंगापुरका ब्रिगु आयरले अविजित ४२ तथा सिन अग्रवालले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । यस्तै नेपालका  साहब आलमले ३ विकेट लिए ।सिंगापुरले दिएको सामान्य लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली टोलि सिंगापुर पुगेको हो  । सिंगापुरपछि नेपालले दोस्रो खेलमा मंगलबार मलेसियाको सामना गर्नेछ । डबल राउण्ड रोबिनका आधारमा हुने छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोटहुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074