logo of cricketingnepal.com

नेपाल यु१९ ले टस जित्यो पहिले फिल्डिङ गर्ने

Jul 16, 2017 | Kaushal Adhikari |

यु१९ विश्व कप छनोट खेल अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल यु१९ ले जस जितेको उसले पहिले फिल्डिङ गर्ने निर्णय लिएको

नेपालले आफ्नो पहिलो खेल आयोजक राष्ट्र सिंगापुर यु१९ विरुद्द सिंगापुर क्रिकेट क्लबको मैदानमा खेल्दैछ ।

सन्दिप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा विकेट किपरको जिम्मा प्रकाश केसीले लिनेछन् । आफ्नो लय पत्रन कसरत गरिरहेका आशिफ शेखलाई प्लेइङ ११ मा राखिएको छ । भारत भ्रमणको बेलामा उत्कृष्ट लयमा रहेका सन्दिप सुनारले आशिफलाई ओपनिङमा साथ दिनेछन् ।

अलराउन्डरहरु पवन सरफ र अनिल कुमार शाह तथा देब्रे हाते स्पिनर ललितनारायण राजबंशीलाई आजको खेलमा विश्राम दिईएको छ ।

यस अघि यु१९ मा पाच खेलमा सिंगापुरको सामना गरेको नेपालले चारमा जित हात परेको छ भने एउटा खेल वर्षाले रद्द पारेको थियो । त्यसैले आज पनि जित दर्ता गराउनेमा नेपाली टोली ढुक्क छ ।

नेपाल यु१९ का प्लेइङ ११ – सन्दिप लामिछाने (कप्तान), सन्दिप सुनारआदिल खान, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, रिजन ढकाल, प्रनित थापा मगर, किशोर महतो, रोहित कुमार पौडेल, प्राकश केसी (विकेट किपर),  शाहाब आलम



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}