logo of cricketingnepal.com

आइसीसी यू–१९ विश्वकप छनोट : नेपाल भर्सेस सिंगापुर, उत्कृष्ट सुरुवात गर्ने नेपालको लक्ष्य

Jul 16, 2017 | Cricketingnepal |

नेपालले आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा भोलि (सोमबार) घरेलु टोलि सिंगापुरसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र सिंगापुरबिचको खेल नेपाली समयअनुसार बिहान ७:१५ मा सुरु हुनेछ ।

नेपाल र सिंगापुरबिचको खेल पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा हुने छ । छनोटको लागि नेपाली शनिबार नै सिंगापुर पुगिसकेको छ  । सिंगापुरबिरुद्ध नेपाल स्पिनर सन्दिप लामिछानेको कप्तानीमा मैदान उत्रने छ । नेपाल सिंगापुरलाई पराजित गर्दै छनोटमा उत्कृष्ट सुरुवात गर्ने योजनामा हुने छ । 

“राम्रो तयारी गरेका छौ, भारतमा राम्रो तयारी गर्न पायौ,“ नेपाली टोलीका प्रशिक्षक विनोद दासले भने, “खेलाडीमा जित्न सक्छौ भन्ने आत्मबल देखिएको छ ।  हामी राम्रो क्रिकेट खेल्ने प्रयास गछौं, जसले नतिजा हाम्रो पक्षमा पार्ने छ ।“ सिंगापुर जानु अघि नेपाली टोलीले भारतको नोयडामा ३ साता बिशेष प्रशिक्षण गरेको थियो । यस्तै नेपालले ५ अभ्यास खेलेको थियो । 

उक्त भारत भ्रमण कै कारण नेपाली टोलीको सम्पूर्ण पक्ष बलियो बनेको प्रशिक्षक दासको भनाई छ । “पछिल्लो समय हाम्रो ब्याटिङ अर्डर राम्रो बनेको छ, बलिङ हाम्रो सबल पक्ष हो । अहिले फिल्डीङ पनि राम्रो भएको छ तर खेलाडीको आत्मविश्वास बढ्नु नै हामीलाई फाइदा भएको छ, “ प्रशिक्षक दासले भने ।

यु – १९ को उमेरसमूहमा नेपालले अहिलेसम्म सिंगापुरसाग पराजय बेहोर्नु परेको छैन । नेपालले सिंगापुरविरुद्ध खेलेको पाँच खेल नै आफ्नो पक्षमा बनाईसकेको छ । नेपालले पछिल्लो समय सिंगापुरसंग सन् २००९ मा खेलेको थियो । उक्त खेल नेपालले ३ विकेटले जितेको थियो । त्यसयता नेपाल पहिलो पटक सिंगापुरसँग खेल्न लागेको हो ।

सिंगापुर पछि नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ भने तेस्रो खेलमा नेपालले बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानको सामना गर्ने छ । पछिल्लो समय नेपालको लागि सबैभन्दा कठिन प्रतिद्वन्दी अफगानिस्तान नै बन्दै आएको छ । गत बर्षपनि नेपाल एसियन क्षेत्रमा अफगानिस्तानसँग पराजित भएको थियो । तर, नेपालले ग्लोबल क्वालिफायरबाट बंगलादेशमा भएको विश्वकप खेलेको थियो । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ ।

एसियन क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने छ । छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् । 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}