logo of cricketingnepal.com

श्रीलंकाविरुद्धको टेष्टमा जिम्बाबे २६२ रनले अघि

Jul 16, 2017 | Safal Regmi |

शिखन्धर राजा र माल्कम वालरले उत्कृष्ट साझेदारी गरेपछि घरेलु टोली श्रीलंकाविरुद्धको एक मात्र टेष्टको तेस्रो दिन जिम्बाबेले मध्यम अग्रता कायम गरेको छ । कोलम्बोमा जारी टेष्टको तेस्रो दिनको खेल सकिदा जिम्बाबे २ सय ६२ रनले अग्रता बनाएको छ  ।

रानासिंगे प्रेमादासा स्टेडियममा श्रीलंकालाई ३ सय ४६ रनमा समेट्दै आफ्नो दोस्रो पारी थालेको जिम्बाबेले ६८ ओभरमा ६ विकेट गुमाएर २ सय ५२ रन बनाएको छ  । खराब सुरुवात गरेपनि राजा र वालरले उत्कृष्ट प्रदर्शन गरेपछि जिम्बाबेको पारी उकासिएको थियो । मात्र ५९ रनमा ५ विकेट गुमाइसकेको जिम्बाबेको लागि राजा र वालरले सातौ विकेटको लागि १ सय ७ रनको साझेदारी गरे । 

दोस्रो पारीमा राजा ९७ रनमा अविजित रहदा वालर पनि ५७ रन बनाउदै क्रिजमा छन् । त्यसअघि जिम्बाबेका पिटर मूर ४० तथा सिन विलियम्स २२ रनमा आउट भएका थिए  । श्रीलंकाका रंगना हेराथले ४ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको जिम्बाबेले पहिलो पारीमा ३ सय ५६ रन बनाएको थियो । पहिलो पारीमा जिम्बाबेका क्रेग इरविनले शतकीय १ सय ६० रनको शतकीय पारी खेलेका थिए । तर,जिम्बाबेलाई मध्यम स्कोरमा रोक्दै आफ्नो पहिलो पारी थालेको श्रीलंका पनि ३ सय ४६ रनमा अलआउट भएको थियो । र , श्रीलंका जिम्बाबेसाग पहिलो पारीमै १० रनले पछि परेको थियो  ।

पहिलो पारीमा श्रीलंकाका उपुल थरंगाले ७१ तथा कप्तान दिनेश चण्डीमालले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै असेला गुणारत्नेले ४५ र एन्जेलो म्याथ्युजले ४१ रन बनाएका थिए । जिम्बाबेका ग्रीम क्रेमर एक्लैले ५ विकेट लिए ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}